भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौँ - भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो । यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।