एमाले केन्द्रीय स्कुल विभागले असारदेखि नियमित स्कुल सञ्चालन गर्ने

काठमाडौँ - नेकपा एमाले केन्द्रीय स्कुल विभागले आगामी असारदेखि नियमित स्कुल सञ्चालन गर्ने भएको छ ।

पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा मंगलबार बसेको विभागको बैठकले स्कुल सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले आधारभूत तहमा वैचारिक प्रशिक्षणका लागि पाठ्य सामग्री तयार गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव पेम्वा लामाले बताइन् ।