प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने

काठमाडौँ - आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री  प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवा-जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।