'रेशम चौधरीलाई रिहा गर्ने विषयमा सरकार गम्भीर छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । संसद्‌मा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

“रेशम चौधरीलाई रिहा गर्ने विषयमा सरकार गम्भीर छ,” प्रधानमन्त्रीले भनेका छन्, “हामीले यसअघि पनि अध्यादेश ल्याएरै भएपनि छुटाउने भनिएको हो । थारुवट आन्दोलनको कुरामात्रै भएन, अरु आन्दोलनका कैदीहरूलाई पनि कसरी छुटाउने भन्नेबारेको विधेयक संसद्‌मा दर्ता भइसकेको छ ।”