अन्तरबैंक ब्याजदर घट्यो, एकैदिन बैंकिङ प्रणालीको निक्षेप पनि ८ अर्बले गिरावट 

 काठमाण्डौँ - बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख १ गते ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा वैशाख २ गतेसम्म भने ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।    

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि २ अर्बले घट्दै ७ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ ।  बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि घटेको छ । वेशाख १ गते ५१ खर्ब १८ अर्ब रहेको कर्जा प्रवाह वैशाख २ गतेसम्म भने ६ अर्बले घटेर ५१ खर्ब १८ अर्बमा सीमित भएको छ ।  बैंकिङ प्रणालीको निक्षेप घटेसँगै सीडी रेसियो ८०.८० प्रतिशतबाट बढेर ८०.८२ प्रतिशत पुगेको छ । बैंकहरुको अन्तरबैंक ब्याजदर पनि ३.८२ प्रतिशतबाट घटेर ३.०१ प्रतिशतमा झरेको छ ।