निसीखोला बस दुर्घटनाप्रति उपमहासचिव शर्माद्वारा दुःख व्यक्त

 काठमाडौँ - बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुःख व्यक्त गरेका छन् । रुकुम  रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।  

उपमहासचिव शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,   ‘रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको खबरले अत्यन्तै दुःखित छु । हालसम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको अवस्था छ ।