आरती साहको मृत्यु प्रकरण : जनकपुरबाट सासू रेणुदेवी पक्राउ

 काठमाडौँ - धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साह पक्राउ परेका छन् ।  प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका ९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । आरतीका परिवारले दाइजो माग्दै आरतीको हत्या भएको दावी गर्दै आएका छन् ।

आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । 

गत असार ३ गते जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।