आजको मौसम : पहाडी भेगमा आंशिक बदली, उच्च भेगमा हिमपात

काठमाडौँ - अधिकांस पहाडी भेगमा आंशिक बदली हुनेछ भने बाँकी भेगको मौसम मुख्यतया सफा रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।