सहकारी ठगीमा मुछिएका गृहमन्त्रीमाथि छानबिन गर्न सांसद गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन्।

थापाले लामिछानेले आफुले पैसा लिएको छैन  सहकारीको सदस्य होइन भनेर उन्मुक्ति दिन नहुने बताए ।

उनले भने, ‘आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरू सय जनाले पनि उन्मुक्ति पाउनेछन् । लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान गर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्छ ।’

थापाले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरे। उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफ समेत गरे।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखापरेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरुको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।