प्रतिनिधिसभाको बैठक बस्दै   

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ।

हिजो बैठकका लागि यी दुई विषय कार्यसूचीमा राखिए पनि सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो।