निसीखोला बस दुर्घटना अपडेट : घाइते ३१ जनाको उद्धार, मृतक संख्या बढ्ने अनुमान !

काठमाण्डौँ - निसीखोला बस दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । 

रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।