दीपक मनांगेले छोडे एकीकृत समाजवादी पार्टी

काठमाडौँ - गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पार्टी परित्याग गरेका छन् । 

उनले आज नेकपा एकीकृत समाजवादी परित्याग गरेका हुन् । उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई पाटीइ परित्याग गरेको जानकारी दिए । 
‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भने ।