ऋण खोजेरै देश चलाउने पद्धतीको अन्त्य कहिले ? आठ महिनामा डेढ खर्ब ऋण, ४९ अर्ब ब्याज भुक्तानी

काठमाण्डौँ - चालु आवको ८ महिनामा सरकारले १ खर्ब ७५ अर्ब ५१ करोड बढी ऋण तिरेको छ । समिक्षा अवधिमा सरकारले १ खर्ब ४६ अर्ब ६४ करोड ७४ लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । सो अवधिमा २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बाह्य ऋण तिरेको तथ्याङ्क छ । जसमध्ये आन्तरिक ऋण तर्फ सावाँ १ खर्ब २ अर्ब ९७ करोड १६ लाख र बाह्यक तर्फको सावाँ २३ अर्ब ६ करोड रहेको छ ।

आन्तरिक र बाह्य ऋणको ब्याज मात्रै ८ महिनामा ४९ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेका छ । आन्तरिक ऋणको ब्याज ४३ करोड ६७ करोड र बाह्य ऋणको ५ अर्ब ७९ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।

कार्यालयका अनुसार फागुनमा मात्रै सरकारले आन्तरिक ऋण तर्फको १६ अर्ब ५३ करोड, माघमा ३६ अर्ब ५५ करोड, पुसमा २३ अर्ब, मंसिरमा ५ अर्ब १७ करोड, कात्तिकमा ८ अर्ब ८३ करोड, असोजमा १४ अर्ब ९४ करोड, भदौमा १५ अर्ब ७६ करोड र साउनमा २५ अर्ब ८४ करोड रुपैयाँ सावाँ तथा ब्याज भुक्तानी गरेको छ ।

यस्तै, बाह्य तर्फ पनि गत साउनमा १ अर्ब ९० करोड, भदौमा ४ अर्ब ३६ करोड, असोजमा ४ अर्ब ८८ करोड, कात्तिकमा ५ अर्ब ११ करोड, मंसिरमा ५ अर्ब २८ करोड, पुसमा १ अर्ब ४६ करोड, माघमा २ अर्ब ११ करोड र गत फागुनमा ३ अर्ब ७३ करोड रुपैयाँ सावाँ तथा ब्याज भुक्तानी गरेको छ ।