अध्यक्ष ओलीद्धारा वर्तमान सरकारलाई बुख्याचाको संज्ञा

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए ।

उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप समेत लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु देशद्रोही जातका भएको बताए । उनले देश नअहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने जिकिर गरे । उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।