आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

 काठमाडौँ - नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । तराईको अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ । यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोशी, बागमती,  गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने सम्भावना छ ।

देशभर चिसो बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।