राष्ट्रिय सभा निर्वाचन : गठबन्धन गर्दा माओवादी पहिलो दल !

काठमाण्डौँ - राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच तालमेल भएसँगै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पहिलो दल बन्ने देखिएको छ । गठबन्धन दलहरूबीच एकीकरण भएसँगै माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल बन्ने देखिएको हो । गत बर्षको मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ सिटसहित तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ । 

फागुन २० मा एक जना मनोनीतसमेत २० सांसद आफ्नो कार्यकाल पूरा गरी बिदा हुँदैछन् । सो पदका लागि माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन सम्बद्ध कांग्रेसले ११ सिट, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले १ सिट लिनेगरी सिट बाँडफाँट भएको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा भने राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललाई लैजाने गठबन्धन दलहरूबीच सहमति भइसकेको छ ।