कालिकोटमा जिप दुर्घटना !

कालिकोट - कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडा मा डबल क्याप बलेरो जिप आज बिहान ३ बजे दुर्घटना भएको छ । बाजुरा वाट कालिकोट आउने क्रममा सान्नित्रिवेणी गाउँपालिका को सिस्नेगडामा दुर्घटना भएको हो । ग १ ज ५७९५ नम्बरको वलेरो जिप सडक बाट करिब ५० मिटर तल कर्णाली नदिको किनारमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

कालिकोट जिल्लाको रास्कोट नगरपालीका फुकोट ७ घर भै हाल कैलाली बस्दै आउनु भएको चालक सक्कल शाहीको घटना स्थलमै मृत्यु भएको छ  । जिपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । विस्तृत जानकारीको लागि प्रहरी टोली घटना स्थल तिर गइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।