घट्यो सुन/चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? 

 काठमाडौँ - नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।