बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कार्तिक महिनामा कुन बैँकको कति ? (सुचिसहित)

काठमाडौँ - अधिकांश बैंकले १ कात्तिकदेखि लागू हुने निक्षेपको ब्याजदर घटाएका छन् । अहिले बजारमा अधिक तरलता भएका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

कात्तिकमा चाडपर्वले गर्दा बैंकिङ कारोबार कम हुने समय भएकोले अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चारवटा ४ वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माछपुच्छ्रे बैंकले साउनदेखि नै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर ९.९९ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा हिमालयन बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ११.००३ प्रतिशत ब्याजदर दिने भएका छन् । असोजमा हिमालयन बैंकको ११.०५४ प्रतिशत ब्याजदर थियो भने एनआईसी एशिया बैंकको १०.८९६ प्रतिशत र एनएमबि बैंकको ९.९९ प्रतिशत ब्याजदर थियो ।

कात्तिकमा सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत बयाजदर प्रस्ताव गरेको छ ।