आज हरिशयनी एकादशीमा बुढानिलकण्ठमा श्रद्धालुको घुइँचो 

काठमाडौँ - वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले आज हरिशयनी एकादशी मनाउदैछन् । पुराणहरूमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशी देखि भगवान विष्णु चार महिनासम्म क्षीर सागरमा सुत्ने छन् ।

आषाढ शुक्ल एकादशी देखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ। यस समयलाई चतुर्मास समेत भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुले आज घर घरमा तुलसीको बिरुवा रोप्ने गर्दछन् । हिन्दु धर्मशास्त्रमा तुलसीलाई भगवान बिष्णुको रुपमा पुजिन्छ ।
भगवान बिष्णु क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमास भरि कुनै पनि मङ्गल कार्यहरुजस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन ।