जाजरकोटमा भूकम्पपीडितको टहरामाथि पहिरो खस्दा चार जना गम्भिर घाइते

काठमाण्डौँ - जाजरकोटका भूकम्पपीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी चार वर्षीय छोरी हस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेकी छिन् ।

मंगलबार राति स्थानीय दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामाथि पहिरो खसेको जाजरकोट प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको जाजरकोट प्रहरी प्रमुख, डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ ।