प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा

काठमाडौँ - मेलम्ची खानेपानी आयोजनाको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए ।