कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने 

चितवन - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका छन् । 

चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए । उनले यस विषयमा छलफल जारी रहेको जानकारी दिए ।