इन्धन अभावमा काठमाडौँका निजी पेट्रोल पम्प बन्द 

काठमाडौँ । इन्धनको अभाव भन्दै काठमाडौँका पेट्रोल पम्प बन्द गरिएका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण थानकोट ठिपोबाट इन्धन नउठाएपछि निजी पेट्रोल पम्पमा बन्द गरिएका हुन्  ।

चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबार थानकोट डिपोबाट इन्धन नउठाएपछि निजी क्षेत्रको पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो ।

तर, आइतबार थानकोट डिपोबाट इन्धन उठाएका आर्मी, प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा भने सवारीसाधनको भने लाइन लागेको छ ।