नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन आज किन बुझाएन ? 

 काठमाडौँ - नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको गिरोहबारेको अनुसन्धानमा रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिए पनि प्रहरीले अनुसन्धान नसकिएको भन्दै आज प्रतिवेदन नबुझाउने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको हो । प्रहरीका अनुसार  अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएको हो ।

प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ ।