पूर्वराष्ट्रपति यादव भन्छन्-'कांग्रेस शहर केन्द्रित हुन पुग्यो' 

काठमाडौँ - पूर्वराष्ट्रपति डा रामवरण यादवले कांग्रेस शहर केन्द्रित भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । 

उनले पूर्वप्रधानमन्त्री स्व गिरिजप्रसाद कोईराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताए ।  उनले अहिले केन्द्रिय समितिमा धेरै सदस्य रहेपनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । उनले निर्वाचनका बेला आधा मात्रै केन्द्रिय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताए ।