गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघले जलायो पुत्ला

काठमाडौँ । कांग्रेसनिकट विद्यार्थीहरूको संगठन नेविसंघले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

बुधबार संघको आरआर क्याम्पस एकाइले सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै उनको पुत्ला दहन गर्नुका साथै मसाल जुलुस निकालेको छ।

गृहमन्त्री लामिछानेले तत्काल राजीनामा दिनुपर्ने  उनीहरूको माग रहेको छ। राजीनामा नदिएसम्म आन्दोलनको जारी रहने उनीहरूले जनाए।