हिन्दु र मुस्लिमको झडपले  विराटनगर तनावग्रस्त, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

काठमाडौँ । हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ।

रामनवमीको अवसरमा  विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहरु बीचको झडपले तनावग्रस्त भएको हो।

दुवै पक्षका  युवाहरुले  एकअर्को बीच  ढुंगामुढासमेत  प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न  करिब ९ वटा अश्रु ग्याससमेत प्रयोग गरेका छन्।