आज कतिमा हुँदैछ सुन/चाँदीको कारोबार ?

काठमाडौँ  - नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

 चाँदीको मूल्य स्थिर रहेर प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।