रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ ।
निर्वाचन आयोगले १५ बैशाखमा इलाम २ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ ।

रास्वपाबाट उम्मेदवार बन्न आकांक्षीको संख्या ७ जनाको छ । रास्पवाले उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको विधि नगर्ने भएको छ । कुल मतदाताको एक प्रतिशत पार्टी सदस्य नभएकाले प्राइमरी इलेक्सन हुन नसकेको रास्वपाले जनाएको छ ।