'सरकारको गतिमा परिवर्तन ल्याउन गठबन्धन बदल्नु परेको हो' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपपन्थी शक्ति एकजुट भइ सहकार्य गर्न नयाँ समीकरण बनाइएको बताएका छन् । 

पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काँग्रेसबाट पटकपटक धोका भएको भन्दै भोलिका दिनमा पनि यस्तै हुने देखिएको बताए । नेपाली काँग्रेस गठबन्धनप्रति इमान्दार नहुने परिस्थिति देखिएकाले नयाँ गठबन्धन गरिएको उनले बताए । 

प्रधानमन्त्री दाहालले केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण तथा वामपन्थी आन्दोलनको रक्षा गरेका बताए । कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धार बलियो बन्दै जाने भएकाले त्यसलाई चिर्न नयाँ गठबन्धन बनाएको उहाँले बताए ।