सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँड

 काठमाडौँ - सुपर माई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान १० बजे आइपिओ बाँडफाँट भएको हो ।

कम्पनीको आइपिओमा१३ लाख २२ हजार ४९२ आवेदकबाट कुल १ करोड ४३ लाख २७ हजार ९२० कित्ताका लागि आवेदन परेको छ। जसमा १३ लाख १८ हजार ३२० आवेदकबाट परेको १ करोड ४२ लाख ७२ हजार ९७० कित्ता सदर भएको छ। भने ४ हजार १७२ आवेदकबाट परेको ५४ हजार ९५० कित्ता बदर भएको छ ।

सदर भएको आवेदनमध्ये भाग्यमानी ४१ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ ।

कम्पनीले गत माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ५ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ ।

त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको थियो। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।