राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने  भएको छ।

केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई/मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्नेछ।

पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन्।