त्रिभुवन विश्वविद्यालयले अनलाइनबाटै ट्रान्सक्रिप्टलगायतका सेवा दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्टलगायतका सेवा दिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

आउँदो माघ १५ गतेदेखि  विश्वविद्यालयले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । हिजो मंगलबार बसेको विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न र शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।