संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी 

काठमाडौँ - सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।

दिउँसो झण्डै एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ । मन्त्री गुरुङले माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराए । साथै, केही विधेयकहरु संसदमा दर्ता हुने प्रक्रियामा रहेको पनि मन्त्री गुरुङले बताएका थिए ।