आजको मौसम : अधिकांश क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ - मुलुकका अधिकांश भेगमा आज आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै, तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु÷कुहिरो लागेको छ । हुस्सु र शीतलहरका कारण तराईको जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । नेपालको मौसममामा अहिले पश्चिम वायुको आंशिक प्रभाव पर्नुका साथै बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव परेको महाशाखाले जनाएको छ ।