रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के–के छन् एजेण्डा ? 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरणलगायतका विषयमा छलफल गर्ने तयारी रहेको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ । यसका साथै बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुने छ ।