चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु

 जाजरकोट - चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका ४ जिरीका नरेन्द्रबहादुर सिंहको चिसोका कारण मृत्यु भएको हो ।

कार्की र सिंह दुवै दमका रोगी थिए । कार्कीको मंगलबार र सिंहको बुधबार ज्यान गएको स्थानीयले बताएका छन् । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार बढी परिवार घरवार त्रिपालमुनि बस्दै आएका छन् ।