नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच ? 

काठमाण्डौँ - नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिन अर्थात् आइतबारको तुलनामा तितोला सात सय रुपैयाँ घटेको हो ।

घटेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी भने आइतबारकै मूल्यमा किनबेच भइरहेको छ । आइतबार प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।