जसपाले बोलायो केन्द्रीय समिति बैठक, विधान अधिवेशनको तयारीमा छलफल हुने 

काठमाडौँ - जनता समाजवादी पार्टी, जसपा नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ ।