९५ करोड रुपैयाँ अपचलन गरेको आरोपमा कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्षलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

अध्यक्ष तेजविक्रम थापासहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनलाई पक्राउ गरेको हो ।
 
सहकारीको निक्षेप दुई अर्ब ८० करोड रहेको खुलेको छ । त्यसमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेपछि थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेका हुन् । हालसम्म ५६६ जनाले प्रहरीमा उजुरी दिएका छन् । 

यसबारे प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।