न्याय परिषद्को सदस्यमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्याय परिषद्को सदस्य नियुक्त भएका छन् ।

परिषद् सदस्य रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एक असारमा उमेरहदका कारण अनिवार्य अवकाश भएपछि उनको ठाउँमा राउत नियुक्त भएका हुन् ।

राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार ९आज० परिषद् सदस्य नियुक्त गरेका हुन् ।

२०७३ साल साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका राउत प्रधानन्यायाधीश बन्ने लाइनमा छन् । वर्तमान प्रधानन्यायाधीश श्रेष्ठले १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिएपछि राउत २० असोजमा प्रधानन्यायाधीश बन्ने छन् । राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीश हने छन् ।