एमाले र कांग्रेसले बहिष्कार गरेपछि काठमाडौँ महानगरपालिकाको नगरसभा स्थगित   

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आइतबार नगरसभा बैठक सुरु भएपछि बहिष्कार गरेका थिए । सोही कारण नगरसभा यही असार १० गतेसम्मका निम्ति स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

त्यसपछि केही जनप्रतिनिधिले बैठक बहिष्कार गरे । लगत्तै मेयर बालेनले नगरसभा बैठक स्थगित गरे । बैठक स्थगित गरेपछि उनले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् ।