नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु मेयर बालेनको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरसभा बैठक बहिष्कार गरेका छन् ।

आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न नगरसभाको बैठकमा बोलाइएको थियो । तर, एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बैठक बहिस्कार गरेपछि मेयर बनलेन शाह आक्रोशित भएका छन् । उनले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी समेत दिएका छन् ।

‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन, ‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’

मेयर शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडेपछि मेयर शाहले आगामी असार १० गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।