पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीया बालिकाको मृत्यु  

काठमाडौँ । नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा तादी गाउँपालिका–३, बांगेटारकी १३ वर्षीया अनिषा थिङ तामाङ छिन् । 

सोही ठाउँको तादी खोलाको ककरे दहमा शनिबार पौडी खेल्न गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।