निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस  

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस गर्ने निर्णय गरेको छ । 

आइतबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइपछि मात्र नियुक्त हुने प्रावधान छ । प्रधान अहिले नेपाल कानुन समाजका कार्यकारी निर्देशक छन् ।