सत्तारूढ १० दलको बैठक सम्पन्न, प्रधानमन्त्रीद्धारा लिखित सुझाव माग 

 काठमाडौँ - सत्तारूढ १० दलहरूको बैठक सकिएको छ । मङ्गलबार दिउँसो २ बजेदेखि सिंहदरबारमा बसेको बैठक सकिएको हो ।

जेठ ५ गते संसद्‌मा प्रस्तुत हुने सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० दलको बैठक बोलाएका थिए । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री प्रचण्डले लिखित सुझाव माग गरेका छन् ।