राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

 काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आज बिहान ८ बजे पुनः बस्ने भएको छ । काठमाडौंको धूम्रबराहीमा सोमबादेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले आज पुनः बस्ने गरी स्थगित गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन् । उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व संगठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।