आजको मौसम : देशका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना

 काठमाडौँ - हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रहनेछ । कोशी  र  बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।