मकवानपुरको बकैयामा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना

मकवानपुर - धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया ५ तीनतलेमा सिमेन्ट लोड ट्रकको ब्रेक फेल हुँदा दुर्घटनामा परेको छ ।
मंगलबार बिहान नवलपरासीबाट सिन्धुली जान आएको ना ८ख ४०९६ नम्बरको सिमेन्ट लोड ट्रक ब्रेक फेल हुँदा सडक बाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।